राष्ट्रियसभा: सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै बैठक अवरुद्ध

राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् । बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।

सांसद कर्णपछि बोल्नुभएका सांसदहरु राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेको थियो । आकस्मिक समयपछि सांसदहरुले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाएको थियो ।