भारतमा रवि लामिछानेलाई भाजपाका शीर्ष नेताद्वारा स्वागत

भारत भ्रमणमा गएका रास्वपाका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताले स्वागत गरेका छन् ।

सत्तारुढ पार्टीको निमन्त्रणमा भारत गएका रविलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले नयाँ दिल्ली विमानस्थलमा स्वागत गरेका हुन् ।