धर्म र अध्यात्म १३

क) धर्म के हो ? परिभाषाः
धर्मको स्पष्ट अर्थ खोज्न सजिलो छैन । धारणात् धर्म इत्याहु भनेको छ शास्त्रले अर्थात् धारण गर्नु धर्म हो । हावा, पानी, वायु, अग्नि सबैको आप्mनो धर्म हुन्छ, प्रकृतिको पनि । धृ धातुबाट बनेको धर्म शव्दले धारण गर्नु, अवलम्वन गर्नु र पालन गर्नु भन्ने बुझिन्छ । अमरकोशका अनुसार प्राचीनसाहित्य वेदले बताएको कर्म गर्नुलाई धर्म भनिन्छ । सदाचार र यज्ञादि कार्य जो प्राणिहित, मानवोचित कल्याणकारी कार्य छन् तिनलाई धर्म भनिएको छ । भागवतले पनि धर्मलाइ यसैअनुरुप परिभाषा गरेको छ । मनुस्मृतिले धर्मलाई संसार सुरक्षित र यसलोकको सुख र पारलौकिक कल्याणसमेत भनेर परिभाषा गरेको छ । न्यायशास्त्रले वेदले बताएको सुख र पारलौकिक कल्याणसमेत भनेर परिभाषा गरेको छ । वेदले बताएको कर्म नै धर्म हो भनेको छ । वैशेषिक दर्शनले मानिसमा उदयदेखि सिद्धि प्राप्ति र मोक्ष प्राप्ति सम्मलाई धर्म भनेको छ । जैमिनि सूत्रले मानवले गर्नु पर्ने कार्यका विधानलाई धर्म भनेको छ । महर्षि वेदव्यासको शब्दमा परोपकार गर्नुलाई धर्म भनिएको छ । याज्ञवल्क्यऋषिका अनुसार योगमा समाहित भएर आत्म त्तत्वको दर्शन गर्न सक्नु नै धर्म हो । धर्म शब्दका अर्थ धेरै भएकाले शब्दकोशले धर्मलाई धर्मराजको रुपमा, समानताको रुपमा, नियमको रुपमा, इमान–जमानको रुपमा, कानून, नैतिक शास्त्र, धर्म शास्त्र, उपनिषद, तौरतरिका, उचित,अनुचितको विचार, भक्ति, सत्संग, मान्य जनको आदर, सुख, शान्तिका कार्य, जन कल्याणको रुपमा लिएको छ । छान्दग्योपनिषदले धर्मलाई यज्ञ, अध्ययनदेखि दान र गृहस्थ धर्मका सम्पूर्ण कार्यहरु, ब्रह्मचर्यमा बसेर गुरु सेवा, सत्य र प्रिय बोलीदेखि मानवोचित नियम पालन गर्नु र विभिन्न आश्रममा रहेर तप गर्नु भन्ने समेतलाई बुझाउँछ । विलक्षण मानवीय कत्र्तव्य, आत्म ज्ञानको प्राप्ति, इन्द्रियहरुको तप समेतलाई धर्म भनिएको छ । धर्म आचरणको सुरु मार्ग सदाचार नै हो । सरल अर्थमा भन्नुपर्दा आफूलाई ठीक नलाग्ने कार्य अरुको लागि पनि नगर्नु धर्म हो । धर्मको परिभाषा भिन्नभिन्न रुपमा भएको छ । स्वाध्याय, दान, परोपकार, अहिंसा, सदाचार, संस्कार, आत्मबोध, योग आदिलाई धर्म भनिएको छ । आफ्नो लागि जुन काम कुराहरु राम्रो लाग्दैन त्यो अरुलाई पनि नराम्रो लाग्छ ।
ख) के होला धर्मको स्वरुप ?
धर्मलाई आफूले संरक्षण ग¥र्यौ भने, रक्षा गर्यो भने धर्मले पनि आफूलाई र सबैलाई रक्षा गर्ने हुँदा प्रत्येक मानवले धर्मको स्वरुप के हो भन्ने बारे जानकारी राख्नु पर्ने हुन्छ ।
परब्रह्म परमात्माको इच्छाले सृष्टिकर्ता ब्रह्माजीको दायाँ स्तनबाट उत्पन्न भएका देवता जसका दायाँ हातमा अक्षमाला बायाँ हातमा पुस्तक र सबै अंगमा गहनाले सुशोभित, सेतो वर्णका, सेतै पहिरन भएका, चार मुख, चारपाउ, चार बाहु भएका सगुण, साकार र सशरीरधारी परमपुरुषलाई धर्मको स्वरुप बताइएको छ ।
(–विष्णुधर्माेत्तर ग्रन्थ)
हरिवंश पुराणले धर्मका ४ पाउलाई मानवको ४ आश्रम बताएको छ । ब्रह्मचर्य आश्रम मानव जीवनको स्वाध्याय हो । गृहस्थाश्रम उसको पवित्रता हो । वानप्रस्थाश्रम उसको तपस्या हो । सन्यास आश्रमबाट आत्मचिन्तन तत्वबोध हुने हुँदा मानवमा यी चार आश्रम नै धर्मको स्वरुप हो भनिएको छ ।
हरिवंश पुराणले नै धर्मका ५ पाउ बताउँदै सत्य युगमा धर्मको ४ पाउ र १ पाउ अधर्म, त्रेता युगमा तीन पाउ धर्म र २ पाउ अधर्म, द्वापर युगमा २ पाउ धर्म र ३ पाउ अधर्म, कलि युगमा १ पाउ धर्म र ४ पाउ अधर्म हुने बताएको छ । विभिन्न कथा पुराणहरुमा द्वापर युगदेखि नै महाभारतका युद्धताका, धर्मले आफ्नो पहिचान पाउन गाह्रो परेका विभिन्न कथा प्रसंगले यी स्वरुपमा सत्यता भएको प्रतीत हुन्छ ।
श्रीमद्भगवत गीताको प्रतीपादन यसै बेला भएको र भगवान श्रीकृष्णले आफ्नै धर्ममा रहेर बरु मृत्यु वरण नै ठीक हुन्छ, पर धर्म ठीक हुँदैन भन्नुभएको छ । पाँचौ वेद महाभारत आदि ग्रन्थहरुमा धर्म र दर्शनका बारे सरल र जीवनोपयोगी भावहरु व्यक्त गरिएकाले त्रेतायुगदेखि नै धर्म चिन्तनमा समस्या आएको पनि देखिन्छ । त्यसो त सत्य युगमा पनि हिरण्याक्ष र हिरण्यकशिपुको डर नभएको होइन । कलि युगमाचाहिँ धर्मको केवल १ पाउ मात्र बाँकी भएकाले विघ्ना वाधाहरु बढी हुनु स्वाभाविक हो । धर्म दर्शन हो, जीवन दर्शन, धर्म प्रदर्शन भने होइन ।
ग) धर्मको लक्षण ?
विष्णुधर्माेत्तर ग्रन्थअनुसार शुभ कर्म– यज्ञ, दान, तप, दया, क्षमा, सत्य, अहिंसा, स्वाध्याय, तीर्थ सेवा, देव पूजा, गुरु, मातृपितृ सेवा, इन्द्रिय निग्रह, आत्म चिन्तन, पवित्र सामाजिकसेवा आदि धर्मका लक्षणहरु हुन् । याज्ञवल्क्य स्मृतिका अनुसार धर्मका लक्षण भनको देश र काल हो । जहाँ हिंसा (तन, मन, धन) हुँदैन, त्यो देश र काल भनेको समय अर्थात् समयअनुसार पर्व विशेष दान, व्रत, होम, श्राद्धादि कार्य, शुभ कार्य, पुण्य कार्य आदि गरिन्छन् ती धर्मका लक्षणहरु हुन् । स्थान विशेष र समय विशेषका साथै धर्मको लक्षण उपाय विशेष पनि हुने गर्छ । धर्म शास्त्रले बताए अनुसारका कार्य गरिनेलाई उपायविशेष भनिन्छ भने कसैलाई वाधा अड्चन नदिई कमाएको धन, द्रव्य, अन्न आदि प्रेमका साथ अरुलाई वितरण गर्नु पनि धर्मको लक्षण हो । धार्मिक राजा जनक, रन्तिदेव, युधिष्ठिरहरुले स्वर्गीय आनन्दभन्दा पनि दुःखीको दुःखलाई बढी ध्यान दिए, त्यसैले शास्त्रविरुद्ध नभएका शुभकार्य र कुल परम्पराअनुसार सात्विक, तपस्वी, साधकहरुले चलन चल्तीमा ल्याएका असल कार्यहरु पनि धर्मका लक्षण नै मान्न सकिन्छ ।
धर्मको स्वरुप र लक्षण यही नै हो भन्न कठिन भए पनि धर्म शास्त्रहरु मध्ये मनुस्मृति, याज्ञवल्क्यस्मृति, धर्म सिन्धु, निर्णय सिन्धु, वेदहरु, उपवेदहरु, उपनिषदहरु, अठार पुराण, उप पुराणहरु, महाभारत, रामायण, न्याय, मीमांसा, व्याकरण, ज्योतिष, निरुक्त, कल्प, शिक्षा शास्त्र, छन्द शास्त्र आदि अध्ययन गर्दा धर्मका बारेमा सामान्य जानकारी भने पाउन सकिन्छ ।

 

घ) धर्मका प्रकार ?
विश्वमा धेरै प्रकारका धर्महरु प्रचलनमा छन् । सनातन धर्म, बौद्धधर्म, जैनधर्म, शिखधर्म, यहुदी धर्म, मुस्लिमधर्म, क्रिश्चियन धर्म, कन्फ्युसियस धर्म, सिन्तो धर्म, पारसी धर्म आदि । यी धर्महरु मध्ये सबैभन्दा प्राचीन धर्म वैदिक सनातन धर्म नै हो । यसलाई हिन्दु धर्म पनि भनिन्छ । ॐ कार परिवार भित्र– हिन्दु, बुद्ध, शिख र जैन गरी चार धर्म छन् । विश्वमा झण्डै २ अर्ब मानिसहरु ॐ कार परिवारभित्र रहेका छन् ।
वेदाचार, सदाचार ॐ कारलाई मूलमन्त्र मान्ने, गाईको सेवा गर्ने देवताको पूजा गर्नेलाई सनातनी भनिन्छ । सनातनी र हिन्दु पर्यायी शब्द हुन् । हीनकार्यबाट दूर रहनेको नाम हिन्दु हो । सिन्धु शब्दबाट हिन्दु भयो भनिन्छ । भाषा विज्ञानको तर्क छः हिमालयको क्षेत्रदेखि दक्षिण सिन्धुक्षेत्र सम्मका फराकिलोक्षेत्र भएकाले उत्तरदेखि दक्षिणसम्म र चारैतिर फैलिएकाहरु हिन्दु भनिन लागेको हुन सक्छ । हिन्दु र सिन्धुको जोडले यस्तो आभास मिल्छ । काम, क्रोध, लोभ, मोहबाट टाढा रहेका अनैतिक कार्य, हिंसा, चोरी, घमण्डबाट टाढा रहेका सदाचारी व्यक्ति जसले वेदमा विश्वास गर्छन् वैदिक कार्यमा रहन्छन् तिनलाई नै हिन्दु भनिन्छ । धर्माचरणबाट मानिसलाई सुख हुन्छ, शान्ति र आत्मगौरव समेत हुन्छ । यो लोक र परलोक दुबैको कल्याण हुन्छ । परमेश्वर सर्वत्र, सगुण, साकारमा र निर्गुण निराकारमा सम्पूर्ण प्राणी स्थावरसम्म रहन्छन् भन्ने बहुजनहिताय, बहुजनसुखाय भन्ने कल्याणको भाव राख्ने व्यक्ति हिन्दु भनिन्छ । संसार अनित्य छ । मृत्यु अघि र पछि केवल धर्मले मात्र साथ दिन्छ भन्ने विश्वासमा रहेकालाई सनातनी भनिन्छ । धर्म एउटा मित्र हो जसले हरदम काम दिन्छ । आपूmले कमाएका अन्य सबै साधन अस्थायी हुन्, धर्म मात्रै स्थायी हो भन्ने भावना बोकेकाहरु नै हिन्दु हुन् ।

ङ) संस्कार, संस्कृति र धर्ममा के भिन्नता छ ?
प्रकृतिरुपी शक्तिमा यो सारा ब्रह्माण्ड चलेको छ । सम्पूर्ण चराचर जगत्को सिर्जना, पालना र संहार यसै प्रकृतिमा हुने गर्छ । चार प्रकारको मुख्य सिर्जना– क) अण्डज ख) स्वेदज ग) उद्भिज र घ) जरायुज हुन् । जरायुज प्रकृतिको सृष्टिमा मान्छे पनि पर्छ । संसारमा २ प्रकारका वस्तुहरु छन्– क) प्राकृत वस्तु र ख) संस्कृत वस्तु । जे जस्तो छ त्यो प्राकृत र त्यो त्यस्तोमा परिस्कृत चाहिँ संस्कृत हो । सम्पूर्ण विश्वको रचना गर्ने पौरुषेयको क्षेत्र प्रकृति नै हो अर्थात् माया । पुरुषकी कार्यरुपा योगमायाको शक्तिले परमसत्ता सञ्चालक बनेका परमेश्वरका सृष्टिमा असम्भव वस्तु केही छैन । दृश्यदेखि अदृश्य पदार्थको सञ्चालन गरेर भौतिक विज्ञान अगाडि बढेको छ । भौतिक विज्ञानले प्रयोग गर्ने र आविष्कार गर्ने स्थल प्राकृत विज्ञान नै हो । पानी बिजुलीको स्रोत हो ।
प्रकृतिले यथास्थितिमा प्रदत्त विषय प्राकृत हो भने प्रकृतिको ईश्वरीय कृतिमा निर्मित मानवले प्रकृतिप्रदत्त विषयवस्तुलाई आपूm अनुकूल प्रयोग, हित हुने गरी संस्कृत ग¥यो, संस्कार ग¥यो, काँटछाँट ग¥यो, परिष्कार ग¥यो, परिमार्जन ग¥यो, सशोधन ग¥यो । उदाहरणका लागि भनौं काठलाई संस्कार ग¥यो, आफ्नो अनुकूल फर्निचर आदि, माटो ढुङ्गालाई संस्कृत÷संस्कार ग¥यो घर, भवन आदि, अन्न फलपूmललाई संस्कार ग¥यो– भण्डारणदेखि जीवनयापनसम्म आदि, कुटानी पिसानी, गोडमेलदेखि तोड्ने फोड्ने यावत क्रियाकलापबाट वस्तुहरुलाई परिष्कृत गरियो, परिमार्जित गरियो, संस्कृत गरियो, त्यति मात्र होइन प्रकृतिप्रदत्त झर्ना, ताल, कुवा, नदी आदिलाई पर्यावरण, वातावरणदेखि जलविद्युत गृह र जीवन उपयोगी दृश्य सम्ममा प्रयोग भयो । मानवमा भएको दिव्य वैज्ञानिक चेतनशक्ति प्रयोग गरेर मानव आफैं सुविधा सम्पन्न, सुसंस्कृत समेत भयो ।
संस्कृत साहित्यमा ‘संस्कार’ शब्द यत्रतत्र प्रयोग भएको देखिन्छ । मीमांसकहरुले संस्कारलाई विधिवत् शुद्धि गर्नु भन्ने अर्थमा लिन्छन् । अद्वेतवादीहरु जीवमा हुने शारीरिक क्रिया वा शुद्धिलाई संस्कार भन्छन् । तर्कसंग्रहमा संस्कार भन्नाले स्मरणशक्तिमा पर्ने प्रभाव बुझिन्छ । वैशेषिक दर्शनले मानिसका २४ गुणलाई संस्कारका रुपमा बताएको नीतिज्ञहरु भन्छन्– शुद्धक्रिया र शुद्धविचार एवं शुद्धभावना संस्कार हो । मनुस्मृतिले संस्कार भनेको – गर्भाधानदेखि सम्पूर्ण वैदिक कर्मलाई संस्कार भनेको छ । कर्मकाण्डले मन्त्रोच्चारण गरी गरिने शुभकार्यलाई संस्कार भनेको छ । व्यास गुरुले संस्कार भनेको शारीरिकशुद्धि क्रिया भन्नुभएको छ । साहित्यकारहरुको दृष्टिमा संस्कार भनेको मानवीय विचारलाई प्रकट गर्ने सामथ्र्य हो । संस्कृत साहित्यमा प्रयोग भएका शब्दहरु संस्कारका अर्थमा– स्वभाव, क्रिया, छाप, प्रभाव, स्मरण, शुद्धिक्रिया, धार्मिक विधान, विचार, भावना, धारणा, संस्करण, सौजन्य, शोभा, पूर्णता, शिक्षा, संस्कृति, विलक्षणा जे देखिए पनि शुद्धिका लागि गरिने धार्मिक क्रिया कर्महरु नै संस्कार भन्न सकिने देखिन्छ । व्यक्तिका शारीरिक, मानसिक, आत्मशुद्धिका लागि परम्परादेखि गरिदै आएका शुभ कार्यहरुलाई संस्कार भन्न सकिन्छ । सुरुमा जेसुकै विषयवस्तु पनि सभ्य र सुसंस्कृत हुन्न । पछि क्रमशः संस्कार गर्दै गएपछि सभ्य, सुसंस्कृत र परिष्कृत बन्न सक्छ । जेहोस् मानव उदय गर्भाधान संंस्कारदेखि मृत्युपछिसम्म गरिने वैदिक सनातनीहरुमा धेरै संस्कारहरु रहेका छन् । गर्भाधान संस्कार, पूंसवन, सीमन्तोनयन, जातकर्म, अन्नप्राशन, कर्णभेद, चूडा, उपनयन, वेदारम्भ, समावर्तन बिबाहदेखि मृत्युपर्यन्त र त्यसपछि सम्मका कार्यहरु पछि चर्चा गरौँला अस्तु ।