विश्वकप खेल्ने इरानी टोलीलाई अमेरिकाले दियो भिसा

विश्वकप खेल्ने इरानी फुटबल टोलीलाई अमेरिकाले अन्ततः भिसा दिएको छ । विश्वकप सुरू हुन एक साताभन्दा कम समय अगाडि मात्रै अमेरिकाले इरानी फुटबल टोली र प्रतिनिधिहरूलाई भिसा दिएको हो । इरानी टोलीले टर्कीबाट भिसा आवेदन दिएका थिए ।

इरानी टोलीले टर्कीको अन्तल्यामा प्रशिक्षण गरिरहेका छन् । अमेरिकी अधिकारीका अनुसार खेलाडी, प्रशिक्षक, ट्रेनर तथा केही सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको छ ।

यद्यपि कसैको आवेदन अस्वीकृत गरिएको छ वा छैन भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । यसअघि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले भने इरानी प्रतिनिधिमण्डलमाथि कडा निगरानी हुने बताएका थिए।