राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशका १३ जिल्लामध्ये नाै जिल्लाको अधिवेशन सम्पन्न भएको छ । बाँबी तीन जिल्लाको अधिवेशन आज हुँदै छ । चितवन, रसुवा र ललितपुरको अधिवेशन आज हुन लागेको हो ।
सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन विविध कारणले स्थगित भएको छ ।
नाै जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची
काठमाडौंः राजा शाक्य
भक्तपुरः रामेश्वर बस्नेत
काभ्रेपलाञ्चोकः प्रबिन ढकाल
सिन्धुलीः अविनाश बस्नेत
रामेछापः रमेश रायमाझी
दोलखाः दिनेश बस्नेत
नुवाकोटः रामेश्वर गजुरेल
धादिङः राजन अर्याल
मकवानपुरः सन्जिव पाठक


















