राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुदन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन् । गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी अगाडि बढाइएको स्रोतले जनाएको छ।
यसअघि गत चैत १३ गते गृहमन्त्रीको रूपमा पहिलोपटक कार्यभार सम्हालेका गुरुङले सेयर लगानी र स्वार्थको बाझिने विषयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ गते) पदबाट राजीनामा दिएका थिए।


















