हर्क साम्पाङले  खोजे  प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्री 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको आजको बैठकमा रक्षा मन्त्री खोजेका छन्।रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै हेर्दै आएका छन्।‘नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई तपाईं (सभामुख) ले बोलाउनुपर्छ, उहाँलाई म प्रश्न सोध्न चाहन्छु- सुस्तामा भारतीय पक्ष एसएसपीले नेपालीलाई हप्कीदम्की गरिरहेको भिडिओ सार्वजनिक भएका छन्, त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्री त आउनु हुन्न, रक्षा मन्त्री हुनुहुन्छ भने खोजेर तपाईंले ल्याइदिनुपर्‍यो, हामी प्रश्न सोध्न चाहन्छौं। हाम्रो नेपाली सेना सीमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सीमानामा पठाउन नमिल्ने खालको के करार गरेको रहेछ, त्यो संसदमा देखाउनुपर्‍यो।’