प्रधानमन्त्रीको अभिव्यक्तिबारे गोप्य मतदान गरौँ: यादव

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धि अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छन् । प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदले निक्र्यौल गर्नुपर्ने भएकाले पनि संसदमा यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि सुस्तालगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न पनि गरिन्।