युद्ध–विराम सम्झौताका बाबजुत इजरायली सेनाले बिहिबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट नौ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए एफ ए) का अनुसार सेनाले कल्किल्यबाट पाँच जना प्यालेस्टिनी र नाबलुसबाट अन्य चार जनालाई उनीहरूको घरमै छापा मारेर पक्राउ गरेको जनाएको छ ।
यसै गरी इजरायली कब्जा बलहरूले अल–मदारिस स्ट्रिट र अल–जामासिनबाट अगाडि बढ्दै नाबलुसको पूर्वमा रहेको बालाटा शरणार्थी शिविरमा आक्रमण गरेको जनाइएको छ ।
कब्जा गरिएको वेस्ट ब्याङ्क र जेरुसेलमका सहरहरू, र शरणार्थी शिविरहरूमा दैनिक इजरायली छापा, आक्रमणहरू झडप, गिरफ्तारी र गोली प्रहरा हुने गरेको जनाइएको छ ।

















