नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछि यसअघिका सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए।