मूल्य अभिवृद्धि करमा बहुदरबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति बनाउने भएको छ । संसदमा आर्थिक विधेयकमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
सो समितिले दिएको सुझावका आधारमा मुलुकको हितमा जे गर्दा उपयुक्त हुन्छ, सोही अनुसार गरिने उनले बताए । अर्थमन्त्रीले भ्याटमा बहुदरमा जाँदा राज्य इमानदार नभएको अवस्थामा उच्च दरबाट तल्लो दरमा घटाउन लबिइङ हुने सम्भावना रहने तर्क आएको समेत बताए ।
यसले कुशासन हावी भएको बेला थेग्न नसकिने पक्षमा तर्क देखिएको उनले बताए । तर, व्यवसायीबाट बहुदरमा जान दवाव आइरहेको उनले जानकारी दिए । यस वर्ष बहुदरमा बहस चलाउने योजना रहेको उनले जानकारी दिए ।

















