एडीबीका अध्यक्ष नेपाल भ्रमणमा, भन्सार सुधारका लागि ५ करोड डलर ऋण उपलब्ध गराउने सहमति

एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मसातो कान्डा अहिले नेपाल भ्रमणमा छन् । दुईदिने नेपाल भ्रमणमा आएका कान्डाले सोमबार अर्थसचिव घनश्याम उपाध्यायसँग भेट गरेका छन् ।

यस अवसरमा उनले नेपालको भन्सार सुधारका लागि ५ करोड अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ६० करोड रुपैयाँबराबरको ऋण सम्झौताका लागि सहमतिसमेत दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भन्सार प्रशासनको डिजिटलाइजेसन र व्यापार सहजीकरणमा उक्त ऋण लगानी खर्च गरिने मन्त्रालयले जनाएको छ । साथै, जोखिममा आधारित परीक्षण प्रणाली, प्रक्रियागत सरलीकरण, संस्थागत समन्वय अभिवृद्धि र ढुवानी तथा लजिस्टिक्समा सहजीकरण गर्न पनि उक्त ऋण उपयोग गरिने मन्त्रालयले जानकारी दिएको छ ।