एमाले सांसद रामकुमारी झाँक्रीले अनिर्वाचितहरूले सिंहरदबारबाट शासन चलाउने तरिका के हो भनेर प्रश्न गरेकी छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा उनले सुशासनको नारा दिएर आएको सरकार र उसका मन्त्रीहरूको पछाडि धेरै व्यक्तिहरूलाई जागिर दिइएको विषयमा पनि प्रश्न गरिन् ।
‘ब्युरोक्रेसीमा रहेका धेरै मानिसहरूले धमाधम राजीनामा दिएको भन्ने छ । र मन्त्रीहरूका पछाडि दर्जानौँ विशिष्ट श्रेणी, प्रथम श्रेणी, रि दृतीय श्रेणीका अफिसरको तलब पाउने गरी नियुक्ति गरिएको भन्ने कुराहरू आइरहेका छन् । यो के हो ? ,’झाँक्रीले प्रश्न गरिन्, ‘सुशासनको नारा दिएर आएका मान्छेहरू, सोपानमा आधारित ब्युरोक्रेसी र प्रशासन पनि नचलाउने अनिर्वाचितहरूले सिंहदरबारमा शासन चलाउने तरिका के हो ?’
उनले कुन संविधानको स्वीकृति लिएर नियुक्ति गरिएको हो यसबारे सदनलाई जानकारी दिन माग गरिन् ।


















