साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई हजार ४०० ले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो ।


















