धर्म र अध्यात्म ,शिव पूजा नै किन ?

सारः
शिव पुराण, लिँग पुराण, पशुपति पुराण, स्कन्द पुराणहरुले विवेचना गर्न खोजेका शिवपूजा बारे यहाँ केही प्रस्तुत गर्ने जमर्को गरिएको छ । स्कन्द पुराणको केदार खण्ड त हाम्रो सम्पति नै हो । सर्वप्रथम सृष्टिकर्ता ब्रह्माजीले मणिमय शिवलिँगको आराधना गरे । नेपालमा मूल शिरभाग शिवलिँग रहेको छ । सिद्ध, आदि र महालिँगहरु रहेका छन्, नेपालका १० जिल्लाहरुमा सिन्धुलीको कुशेश्वरदेखि रुद्रगारेश्वर पशुपतिक्षेत्रसम्म ।
अविरल यात्रा
पंक्तिकारले लामो समयदेखि नेपालका चार धाम र ६४ ज्योतिर्लिँगहरुबारे अनुसन्धान, पुस्तकहरु, आलेखहरु प्रकाशन गर्ने गरेको छ र सबैजसो शक्तिपीठहरुबाट शिव शक्ति संयुक्त रुपको चर्चा परिचर्चा र आम सन्चारबाट प्रत्यक्ष प्रसारण गर्ने गरेको छ । यसै क्रममा यस वर्षको चतुर्मास शिवपुराण विशेष कार्यकम अन्तर्गत का म पा बौद्ध महाकाल नजिक पानी ट्याँकस्थित श्रीगँगेश्वर शिव पान्चायन मन्दिरमा यही हरिशयनी एकादशी श्रावण ९ गतेदेखि आउने हरिवोधिनी एकादशीसम्म हररेक दिन अपराह्न ४ बजेदेखि शिव महिमा, जीवन र जगत्, आत्मज्ञान, ब्रहमज्ञान, वेद, उपनिषद, अध्यात्म विज्ञानको रसमय कथावाचन गर्ने अभियानमा रहेको छ । गंगेश्वर शिव पान्चायन मन्दिर परिबार, समितिको आयोजनामा हुन गइरहेको पंक्तिकारको यो अविरल यात्रालाई आम पाठकवृन्दले साथ दिनुहुने अपेक्षा गरिएको छ ।
सोमबार र औँसी
शिवको प्रिया बार सोमबार हो । त्यसमा पनि श्रावणको सोमबार विशेष बार हो । सोमबारमा औँसीको संयोग परे झन् उत्तम हुन्छ, यस्तो संयोग परे बिहानै कसैसंग नबोली नुहाउदा अपार आनन्द प्राप्ति हुन्छ । हजारौा गोदानको फल मिल्छ । हौँसीमा चन्द्र र सूयृको संयोग हुन्छ । यस्तो दिन पितृकार्य गर्दा पितृहरु अधिक प्रसन्न रहन्छन् । यतिबेला सोमबार पर्यो भने साविकभन्दा दुई गुना अधिक फल, पुण्य मिल्छ कर्मको । यस्तो बेलामा शिव पूजापछि पीपलको पूजा गर्नु पर्छ । सके १०८ पल्ट परिक्रमा गर्नुपर्छ, पृथ्वी परिक्रमाको पुण्य मिल्छ र मनमा एकाग्रताको भाव पैदा हुन्छ, मनोरोगहरु आउँदैनन् । प्रदक्षिणा गर्दा सके काँसको थालमा कुनै पूर्ण फल लिएर गर्ने र त्यसलाई दान गर्ने गर्नुपर्छ । पीपलको पूजा गर्नु पर्छ, श्रीविष्णुको पूजा त्यहीँ गर्नुपर्छ, यतिबेलाको पूजामा पहेँला बस्तुहरु अर्पण गरिन्छ ।
व्रत कहिले बस्ने ? शिवव्रतीहरुले खासगरी श्रावण, कार्तिक, मंसिर, चैत्र, वैशाखमा शुरु गर्नु पर्छ । सके १४ वर्षसम्म निरन्तर लिने, नसके कमसेकम एक वर्ष, त्यति पनि नसके एक मास बा हरेक सोमबार बा हरेक श्रावण बा आप्mनो सामथ्र्य अनुसार लिन सकिन्छ । सोमबारको व्रतीले शिव पार्वती संयुक्त सो पूजा व्रत, अनुष्ठान गर्दा आप्mनो दाम्पत्य जीवन सार्थक बन्छ, श्री गणेश कुमार सहितको सेवाले सन्तान सुख मिल्छ । व्रतीले एक छाक खानु पर्छ, शुद्ध भोजन । सोमबारमा पनि ३ प्रकारको विधान छ, विधान एकै हो तर सामान्य हरेक सोमबार, सौम्य प्रदोष सोमबार र सोह्र सोमबार । शिव पूजकले शिवमहिमा कथा श्रवण गर्नु पर्छ, यसो गर्दा मन प्रसन्न हुन्छ, धन पवित्र हुन्छ र मनोकामनाहरु पूर्ण हुन्छन् । धन, यश, कीर्ति, रुप, लावण्य चाहनेले विधानपूर्वक शिव पूजा गर्नु पर्छ । मानसपूजा बाट पनि शिव प्रसन्न रहन्छन् । बुधबार, शनिबार पनि शिव सेवा गर्न सकिन्छ, जे खाने हो व्रतमा त्यो दान गर्नुपर्छ पहिले । बुधबार शिव साधना गर्नेले शिव पार्वतीलाई सेतो पूmल, सेतै चन्दन आदि सेतै रंगको बस्तु अर्पण गर्नु पर्छ । श्रावणमा व्रतीहरुले हरिया सामानको अर्पण गर्ने आपूmले पनि हरिया रंगका पहिरन लगाउने गरिरएको छ ।
तिथि पूजा र परिक्रमा विशेष
शिवको प्यारो तिथि कृष्णपक्षको चतुर्दशी हो । फाल्गुण कृष्ण चतुदृशी त शिवरात्रि नै हो । चतुर्दशीमा शिवभक्तले आधा रात सम्म उपबास गर्नु पर्छ । हरेक महिनाको कृष्ण चतुर्दशी मास शिवरात्रि हुन्छ यस्ता दिनहरुमा शिवलाई दूधले स्नान गराउनु पर्छ । कार्तिक महिनाका हरेक रात्रिमा शिव सामु दीपदान गर्नाले महामृत्युन्जय भोलेनाथ धेरै प्रसन्न हुन्छन् र मरेपछि व्रतीले यम यातनामा रहनु पर्दैन । कार्तिक शुक्ल त्रयोदशी त्यसमा शनिबार परेमा कलिमा त्यस्तो व्रत दूर्लभ हुन्छ र धेरै गुणा बढी पुण्य प्राप्त हुन्छ । यस्तो दिन परेमा विहानको स्नानका अतिरिक्त मध्याह्नकालमा स्नान गरी तिल अमलाको साथमा चन्दन, पूmल, फल सहितले शिवपूजा गर्नु पर्छ । प्रदोष काल रहेका शिवजीको स्थावर लिँगको पुजा गरिन्छ, आपैmँ प्राकाट्य स्थावर हुन्छ । तीर्थस्थलहरुमा यस्तो पाइन्छ । शिव सामु मौन रहेर सके १ हजार आठ, बा १०८, नसके ३२ दीप प्रज्वलन गर्नु पर्छ, परिक्रमा सके १०८ पल्ट गर्नु पर्छ । परिक्रमा गर्दा नन्दी र शिवलिँग बीचबाट गरिनु हुन्न र शिवको जहिले पनि अद्र्ध प्रदक्षिाण गर्नु पर्ने विधान आन्हिक सूत्रावलिमा गरिएको छ । शिव पूजा ३ कालमा गरिन्छः प्रातः, मध्याह्न, र सन्ध्या, शिव रात्रिमा चार प्रहरको पूजा गरिन्छ । सायंकालमा बा प्रदोषका समय बेली, चमेली, सेवती। श्याम पुष्प, नीलकमल श्रेष्ठ छन्, रात्रिमा पूजागर्दा कुमुद पुष्प श्रेष्ठ छन् । पृथ्वीबा अग्नि स्तम्भका रुपमा शिवलिँग प्राकाट्य समय मार्ग शुक्ल पूर्णिमा हो । दूध, दही, घिउ, मह, चिनी, शख्खर स्नानले शिव प्रसन्न रहन्छन् । श्रावणमा गृहस्थले घरमा रुद््रभिषेक पाठ गराउनु पर्छ, जसलाई रुद्री गर्ने भनिन्छ । हरेक जन्मोत्सवमा रुद्राभिषेक अनिवार्य हुन्छ । हाम्रो शरिर पन्चतत्वको छ । हरेक गृहस्थले पान्चायनको उपसना गर्नुपर्छ । पान्चायनमा गणेक, शिव, विष्णु, देवी र सूर्य पर्छन् । जुन पान्चायन विशेषमा व्रतीले पूजा उपासना गर्ने हो, यी मध्येका देवलाई बीचमा राख्नु पर्छ, स्थापना विशेष नमिल्दा पुण्य पूर्ण प्रप्ति हुन्न । तीनै कालमा पूजा गर्दा वेलपत्र, धत्तुरो, करबीर, नीलकमल, आँक, पुन्नाग, अमलतास, नागकेसर, कदम्ब, कमलपुष्प, सयपत्री आदिले शिवको पूजा गर्नु पर्छ । हाम्रा सबैबस्तु शिव कृपा हुन्, उनका बस्तु उनैमा अर्पण गर्दा हाम्रा हातहरु पवित्र बन्छन्, तन, मन, धन ईश्वर सेवामा समर्पित हुन पाउँछन् । हामी नश्वर हौँ शिव ईश्वर हुन्, जगतका मालिक हुन् जगदीश्वर, परमात्मा हुन, आत्मेश्वर हुन् सबै प्राण्ीकिा मालिक हुन्, अज्ञानी जीव पशु हौँ हामी सबै र हाम्रा मालिक शिव पशुपति हुन् ।