नेपाली कम्युनिसट पार्टी (नेकपा) का संयोजक डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको ‘चुच्चे नक्सा’ हटानउने निर्णय घातक भएको बताएका छन् ।
सरकारले गत ३२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर एक रुपैयाँको नेपाली रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटिएको नेपालको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति रावलले आपत्ति जनाएका हुन् ।
‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिने छ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल सरकारले जनतालाई यथार्थ कुरा तत्काल जानकारी दिनुपर्ने उनको भनाइ छ ।


















