रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का

रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ । अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।

भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।