तोलामा ५ हजार ४०० ले बढेयो सुनको मूल्य

साताको कारोबारको चौंथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।