नेपाली कांग्रेसको देउवा-खड्का पक्षले बुधबार बीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत संस्थापन समूहका नेताहरू सहभागी छैनन्। आजै बिहान संस्थापन पक्षले आयोजना गरेको ग्रिन रन कार्यक्रममा इतर पक्षका नेता सहभागी थिएनन् । कांग्रेसको संस्थापन र इतर समूहले छुट्टाछुट्टै रुपमा बीपी स्मृति दिवस मनाइरहेका छन्।



















