बैंकिङ कसुरसम्बन्धी मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख उमाप्रसाद चतुर्बेदीले अग्रवाल पक्राउ परेको पुष्टि गरे ।
अग्रवाल शंकर ग्रुपका अध्यक्षसमेत हुन् । सीआईबी प्रमुख उमाप्रसाद चतुर्बेदीले अग्रवाल पक्राउ परेको पुष्टि गर्दै उनलाई कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जानकारी दिए ।


















