श्रावण मास सकिनसकी व्रतालुहरुले सोमबार शिव आराधना गरिरहेका छन्, बुझेर गरे कि नबुझी थाहा छैन । शिव लिँगको रहस्यात्मक चर्चा गर्ने प्रयास भएको छ । त्यसो त अध्यात्म र धर्म व्यक्तिको निजी मामला हो, कुनै देशको धर्मप्रतिको झुकाव हुन हुन्न भनिँदै छ । हामीले उल्टो सोच्यौँ सिँह पनि हिँसामा परिणत भयो । धर्म र अध्यात्मको खानी देश भएर केन्द्रीय निकायको नाम शिखरत्वले सिँह दरबार राखिएको हो । शिं माने नित्य सुख र आनन्द हो, इ पुरुष वाचक अक्षर हो, देशको पौरुषत्व, व शक्ति हो, यिनैको मिलनले शिव शव्द बन्छ । राष्टृ देव पशुपति जसलाई शिव भनिन्छ, शिरोभाग रहेको क्षेत्र हो यो । यसका वरिपरि ६४ सिद्ध लिँगहरु छन् जुन अति उच्च क्षेत्र, पहाडी मध्यम उच्च र समथर क्षेत्रमा । सबैको केन्द्रमा छन् पशुपति र सिँहदरबार । प्रपन्चको सार जसमा छ त्यो शिव हुन्छ, सर्वस्वलाई वशमा राख्ने क्षमता शिवमा मात्र छ । सिँहले सबै जनावरलाई अधिनममा राख्छ, संहार पनि गर्छ । शिवलाई भुल्नाले लामो समयदेखि हामीकहाँ सिँहदरबारले रक्तपीपासु भई धेरैलाई भक्षण गरेको छ, अब त यसको शान शिर नै ढलेको छ । शिवतत्व यसमा रहेको पानी, माटो, वायु, तेज, शव्द हामीले बिगार्यौँ पन्चतत्व सबै । अर्का ३ तत्व छन् यजन गरिने व्यक्ति नागरिक भनौँ नेपाली त्यसलाई न्याय गर्ने शिवतत्व जसको प्रमुख काम तिरोभाव हो र सबैलाई अनुग्रह गर्ने शिवको अर्को काम हो । सृष्टि, सन्चालन र संहार अनि यी ३ काम समेतले शिवका षडँग भए भने हामीलाई सिर्जना र रक्षाको अधिकार छ, संहारको अधिकारी शिव मात्रै हुन्छ अरुलाई त्यो अधिकार छैन । अतः सन्तान सृष्टि गरे पनि वन पैदावार बा अरु प्राणी सृष्टि हामीले गरेर रक्षा गरे पनि संहारकारी गुण र अधिकार हामीसंग छैन, तर अनायासै त्यो अधिकार हामीले लियौँ जसबाट नरसंहार मात्रै भएन वायु, जल, माटो सबै कुपित भयो, अहिले वाग्मतीमै शुद्ध पानी छैन, त्यसको प्रभाव हो प्रकृतिको वितण्डा र राष्टृले भोगिरहेको शोक, यहाँ मान्छेभन्दा बढी शिवलिँगहरु छन्, देश तपस्थली भएकाले ।
हामीसंग हिमालय छ, यो स्थावर भयो, जंगम हिमालयकी पत्नी हुन मेनका यिनबाट जन्मिएकी पार्वतीले शिवसंग बिहे गरिन् जसलाई गुह्येश्वरी भनियो समथरमा पशुपति भनिएभैmँ । प्रजापति दक्षकी छोरी थिइन् स्वधा यिनको बिहे भयो पितृलोकका अग्निष्वातासंग । यिनबाट ३ छोरी जन्मे, हुर्के, नाम थियो मेनका, धान्या र कलावती । पितृलोकको एक सभामा सबैको सत्कार भयो । घमण्डले ब्रह्माका मानसपुत्र शनक, सनन्दन, सनातन र सनतकुमार ४ वाल योगेश्वरको उपस्थितिमा तिनीहरु निहुरिएनन् । शनकादीले श्राप दिए । यो भव्य लोकमा बस्नेको यस्तो बानी हुन्न, धर्तीमा जाओ । तिनैले प्रार्थना गरेपछि कुनै पुण्ग गरेपछि त्यहाँबाट फर्कौला भनियो । जेठी मेनकाको विहे हिमालयसंग, माइली धान्याको बिहे जनकपुरका जनकसंग र कान्छी कलावतीको बिहे वैश्य वृषभानुसंग गराइयो वृन्दावन आसपास । मेनकाबाट पार्वती, धान्याबाट पालित सीता र कान्छीबाट वृन्दावनकी राधा भइन् । यिनकै आमाहरु हुन पाएको पुण्यले ती तिनैले आप्mनो दिव्यलोक फिर्ता पाए, र्ईश्वरको सेवा गरे, प्रायश्चित्त गरे, फर्के आप्mनो लोक ।्
हामीसंग ३ प्रकारका दोषहरु छन् । भित्री ईश्वर नमानेको आध्यात्मिक दोष, प्रकृति कुपित गराइएको आधिदैविक दोष र शरिरले सुकर्म नगरेको आधिभौतिक दोषहरु छन् । मूर्दा, चण्डाल, पतितलार्ई छोएर घरभित्र पस्छौँ, अरिष्टहरु पनि पस्छन् अपवित्र बस्तु, बज्रपात, ज्वरो, हैजा, जन्मनक्षत्रका दोष, राशिमा भएका खरावी, खराव ग्रहको योगमा पनि शान्ति नगरिनु, खराव सपनाहरु देख्दा पनि हेलचेक्रयाँइँ हुनु, नारी, गाईको असुरक्षा, व्यभिचारिणी स्त्री, घरमा कछुवा सर्पको भय, पिशाच आदिको त्रास, धमिरा आदि तमाम भय छ, कफ, वात, पित्त भय, वातावरण, अग्नि, जलको खरावी यी आधिदैविक दोषहरु छन् र आध्यातिक दोष त छँदैछ आपैmँ भित्रको इँश्वर पनि आपूmबाट विस्मय भइराखेको अबस्थामा । यस्ता अरिष्टलाई बुद्धिमानी जनले बेलैमा शान्ति गर्नु पर्छ । शान्ति गर्ने त कता त्यही कामको हिँसामा लाग्यौँ हामी र भयकर दुःख भोगिरहेका छौँ ।
यी ३ किसिमको दोष हटाउने गुरु हो । अन्धकार बा अज्ञान हटाउन दिव्य सत्संग गर्नुपर्छ, हामीले सत्संग गरेनौँ र सबैको काम पद र पैसा नै भयो आर्जन गर्ने । शिवलिँग धेरै प्रकारका हुन्छन् गुरुलिँगलाई बुझेनौँ । पिता पनि २ प्रकारका हुन्छन् जन्मले पिता र ज्ञानले पिता जसलाई वोधक पिता भनिन्छ, जगत्का पिता भोलेबाबा हुन्, उनको सेवामा कमी भयो । गुरुको शरिर गुरुलिँग हो । यहाँ लिँगको अर्थ जननेन्द्रीय होइन । जहाँबाट संसार शुरु भयो र अन्त्य हुन्छ त्यो लिँग हो । संसारको हिसावले हेर्नुपर्छ । शिवका मूल २ रुप छन् साकार र निकार । निराकार शिव शिवलिँग हो । अरु देवताको पूजा साकारमा गरिन्छ, परन्तु शिवपूजा साकार र निराकार दुबैमा गरिन्छ । शिव सर्वेश्वर गुरु हुन्, सद्गुरु । त्यसैले उनको स्नान, पूजा गरिन्छ । शिवलिँगको आधार योनी रुप पार्वती, उमा हुन्, अर्थात् पूं र प्रकृतिसंगै छन् । एक विना अर्कोको असित्त्व छैन । शिवको इँकार शक्ति हो, शक्ति बिना शव हुन्छ अर्थात् मूर्धा शरिर । हामी अहिले त्यही भएका छौँ । गुरुको आज्ञा बिना कुनै बस्तु ग्रहण चोरी समान हुन्छ, सबै बस्तु शिवमा अर्पण गर्नुपर्छ, प्रसाद स्वरुप पद, पैसा, प्रतिष्ठा आपूmले प्रयोग गर्ने हो, सत्य र सदाचारका रुपमा । देशको नेतृत्वमा शिष्यत्व हुनुपर्छ अरुको शिष्य नबने पनि सद्गुरु शिवको शिष्य हुनै पर्छ । यसो भए देशमा अनिष्टहरु हुन्नन्, देश पनि निर्बाध चल्छ, छलछाम पनि हुन्न, एकले अर्कोलाई तर्साउन पर्दैन, स्वपूmर्त हुन्छ । नेतृत्व र आम प्रजाजन मन्त्र पुत्र समान हुन्छन् जिव्रोरुपी सद्गुरु लिँगबाट कानरुपी योनीमा असल शिक्षा, दीक्षा रुपी वीर्य प्रवेश गराई आत्मज्ञान रुपी सन्तान पैदा गर्नु पर्छ । मन्त्रपुत्र भनेको त्यही हो, हामी सबैले मन्त्र पुत्र भएर राष्टृदेवप्रति क्षमा माग्नु पर्छ, अतीतमा जे भए धेरै गल्ती भए, अब नगर्ने भनेर महायज्ञरुपी सत्संग चलाउनु पर्छ । जसरी शिष्यले आपूmले भोजन गर्नु पूर्व सबै वस्तु गुरुमा अर्पण गर्छ र प्राप्त प्रसादलाई भोजनमा प्रयोग गर्छ त्यसैगरी सबै बस्तु मन, वचन र कर्म पहिले प्रभूमा अर्पण गर्नुपर्छ बाँकी प्रसाद मानेर भक्षण वा प्रयोग गरिने हो । माथि भनिएका तीनै ताप र दोषयुक्त भएको मूल कारण पनि हामीले शिवको पूजा, ध्यान, परिक्रमा, अनुष्ठान विधिको तारतम्य मिलाएर गर्न सकेनौँ र घरघरमा अशुभ भइरहेको छ, थोरैले मात्र सुख, शान्तिको महसूस गरेका छन् आनन्दको अनुभूति त कसैले गर्ने सकेनन् ।


















