कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्र कांग्रेसका मन्त्रीहररूले सरकार छाड्ने तयारी गरेका छन् । कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्र मन्त्रीहरूले सरकार छाड्ने जानकारी दिए ।
कोसी प्रदेशमा अहिले एमाले–कांग्रेसको सरकार छ । तर, एमाले र नेकपाले प्रदेश सरकार बनाउन गठबन्धन गर्ने सहमति गरिसकेका छन् । नेकपा र एमालेबीचको यो सहमतिपछि अब कोसीमा एमालेले सरकारको नेतृत्व गर्नेछ ।


















