इरानी आक्रमणको क्रममा कुवेतमा ज्यान गुमाएका सोमकुमार तामाङको शव स्वदेश फिर्ता

इरानी मिसाइल आक्रमणको क्रममा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव स्वदेश फिर्ता भएको छ । तामाङको शव रहेको कफिन शनिबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल ल्याइएको हो ।

सन् २०२२ देखि खाडीमा चालकको रूपमा कार्यरत तामाङको बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले गरेको मिसाइल आक्रमणका क्रममा ज्यान गएको थियो ।

पछिल्लोपटक पश्चिम एसियामा चर्किएको द्वान्द्धका कारण ज्यान गुमाउने उनी दोस्रो नेपाली हुन् । यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको ज्यान गएको थियो ।