व्यवसायीको विरोधकै बीचमा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ कार्यान्वयनमा आएको छ । नयाँ नियमावली कार्यान्वयनमा आएसँगै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ खारेज गरिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले गएको २५ असारमा राजपत्रमा प्रकाशित भएको नयाँ नियमावली कार्यान्वयनमा आएसँगै पुरानो नियमावली खारेज भएको जनाएको छ । सोमबार भएको मन्त्रीस्तरीय निर्णयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ खारेज भएको हो ।
तर सरकारले कार्यान्वयनमा ल्याएको नियमावलीमा शैक्षिक परामर्श व्यवसायीले विरोध गरिरहेका छन् । यसमा भएका धरौटीलगायतका प्रावधान र कानुनी प्रक्रियाहरू झन्झटिलो भएको भन्दै व्यवसायीहरूले यसमा संशोधन हुनुपर्ने माग राख्दै आएका छन् ।


















