भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ । रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गरेका थिए ।

७४ वर्षिय रावत रक्त क्यान्सरबाट पीडित थिए । आज बुधबार बेलुका मुम्बइमै उनको अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि गोरेगाउँस्थित घरमा दिउँसो २ देखि ४ बजेसम्म राखिने भएको छ ।

त्यसपछि पश्चिम जोगेश्वरीमा पर्ने एसभी रोडको ओसिवारा पुलनेरको आर्यघाटमा रावतको पार्थिव शरिरलाई अन्त्येष्टि गरिने भएको छ ।