राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधान संशोधन कार्यदलको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय सत्ता पक्षकै सांसदहरूको गतिविधि अराजक बन्दै गएपछि संसदीय मर्यादा कायम राख्न विधान संशोधन गर्न लागिएको हो । यसैगरी कार्यदलले पूर्णता पाएको सचेतक परियारले जानकारी दिए ।
को–को छन् कार्यदलमा ?
कवीन्द्र बुर्लाकोटी – संयोजक
प्रकाशचन्द्र परियार –सदस्य
क्रान्तिशिखा धिताल– सदस्य
गणेश कार्की – सदस्य
सुलभ खरेल – सदस्य
गजला समिम मिकरानी सदस्य
मोहनलाल आचार्य – सदस्य
कामिनी चौधरी – सदस्य
पुकार बम – सदस्य
डा.राम लामा – सदस्य
टीका संग्रौला – सदस्य
शिवजी यादव – सदस्य
पुष्पा चौधरी – सदस्य
समिना मियाँ – सदस्य

















