६सय ६० किलो गाँजासहित दुई जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरिएको हो ।

शङ्का लागेर प्रहरी टोलीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलो तथा जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रममा १०० किलो गाँजा फेला पारेको थियो ।