सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार राजपत्रमा प्रकाशित बिदासम्बन्धी व्यवस्थाबमोजिम मोहम्मद जयन्तीमा बिदा दिइएको हो। मुस्लिम आयोगले मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार सार्वजनिक बिदाको सूचना जारी गरेको जनाएको छ।


















