भोटेकोशी बाढीपछि अर्जुन न्यौपानेको भावुक अपिल :६ जना मैलुङ भिरको ओडारमा सुरक्षित छौँ, पिर नमान्नुस् है आफन्तजन

भोटेकोशीमा आएको बाढीपछि रसुवाका स्थानीय अर्जुन न्यौपानेले आफू सुरक्षित रहेको जानकारी दिँदै आफन्तजन तथा शुभेच्छुकलाई भावुक अपिल गरेका छन् । न्यौपानेले सामाजिक सञ्जालमार्फत आफू अहिले मैलुङ भिरमा सुरक्षित रहेको र अन्य पाँचजनासहित गरी ६ जना ओडारमा रहेको बताएका छन्।

उनले आफूहरू सुरक्षित भए पनि आसपासका बस्तीप्रति चिन्ता व्यक्त गर्दै उद्धार र सुरक्षामा तत्काल ध्यान दिन आग्रह गरेका छन्। ‘म सुरक्षित छु। साथीहरू सबै देखेका छैनौँ। हामी ६ जना ओडारमा छौँ,’ उनले लेखेका छन्।