भोटेकोशीमा आएको बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल बगाएको छ । त्रिशूली नदी हुँदै धादिङबाट चितवनतर्फ बढेको बाढीले काठमाडौं र धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने उक्त पुल बगाएको हो ।
बाढीले त्रिशूली नदीमा रहेका अन्य कैयौँ झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुर्याएको छ ।

















