धर्म र अध्यात्म २५ः अध्यात्म चिन्तन र नेपालको गौरव

पंक्तिकारको ७ दशक वयसंगै धर्म र अध्यात्मक्षेत्रको कोसे ढुँगाको रुपमा एक विशिष्ट पुस्तक प्रकाशित भएको छ । नाम रहेको छ अध्यात्म चिन्तन र नेपालको गौरव । धर्म, अध्यात्मका साधकहरुका लायि, संस्कृति र संस्कारका साधक, अध्येता, शोधार्थी, विद्यार्थी, स्रष्टा, सर्जक, प्राध्यापन क्षेत्रमा सरिक हुनेका लागि र आम पाठक, लेखक, भक्त, ज्ञान, भक्ति र कर्ममार्गीहरका लागि विशेष संग्रहणीय रुपमा आएको यो पुस्तकमा सैद्धान्तिक र धेरै व्यवहारिक ज्ञानको साथै चारै वेद, सबै,पुराणको तथ्य, सार, निचोड, अमृतमय रुपमा सरल भाषामा प्रस्तुत भएको छ । लेखक, प्रकाशक आपैm रहेको यो पुस्तकलाई पंक्तिकारले अहिलेसम्म प्रकाशमा ल्याएको दर्दनौँ मध्ये सबैभन्दा उत्कृष्ठ रहेको मूल्याँकन गरेको छ । गत वर्ष प्रकाशित खोजमूलक पुस्तक नेपालका ६४ ज्योतिलिङ्गहरु वितरणको क्रममा आफन्त, शुभेच्छुक, जिज्ञासुहरुले देखाउनु भएको सदसयताले पक्तिकार थप हौसिएको र यही क्रममा अध्यात्म चिन्तन र नेपालको गोरव विषयक पुुस्तक लिएर यहाँहरु सामु उभिएको छ । यसअघि प्रकाशित दुई दर्जन बढी पुस्तकहरु र दैनिकजसो प्रकाशित भइरहने लेख, आलेखहहरुबाट अझ उत्साहित भएको छ । पूरै जीवन धर्म, अध्यात्म र देशको स्वाभिमानमाकै खोजबीनमा लागिरहँदा जीवनमा आपूmले पाएको सार, निचोडलाई सरल रुपमा आम पाठकवृन्दमा पुर्याउने पुस्तकको ध्येय हो ।
यसमा केही मङ्गलाचरण छन्, वन्दनाहरु छन्, दैनिक जीवनोपयोगी सूत्रहरु छन् । हामीसङ्ग पारिबारिक संसार छ, जसलाई वसुधैव कुटुम्वकम् भनिएको छ । व्यवहारिक ज्ञान, राहुकाल, नाग, अग्नि, पञ्चक, योगिनी, घरवास्तु सार, अध्यात्म साहित्य र अग्रज स्रष्टाका विचारलाई प्रस्तुत गरिएको छ । धर्म र अध्यात्मको विषय गहन छ, गहिरो ज्ञान बिना जीवन र जगत, नश्वर र ईश्वर, आत्मा र परमात्माका विषयमा जान्न सकिन्न । काठमाडौँ उपत्यकामा धेरै पर्वहरु छन् र मठ पन्दिर पनि, धेरैको उल्लेख गर्ने प्रयास छ यसमा । वर्षारम्भ विस्केट जात्रादेखि मच्छेन्द्रनाथ जात्रा, भोटोजाज्ञा, घोडेजात्रा, गाई जात्रा, गो माहात्म्य, कृष्ण जन्माष्टमी, रामनवमी, पवित्र वागमती माहात्म्य, जनकपुरको ऐतिहासिक पक्ष, रुरुक्षेत्र, गण्डकी माहात्म्य, मुक्तिनाथ देखि पोखराका विन्ध्यवासिनी, तालवाराही, गोरखाकी मनकामना, गोरखकाली, चितवन, नवलपरासी देवघाटदेखि पूर्वको पाथिभारा, माई पोखरी वाराहक्षेत्रदेखि दन्तकाली आदि र नेपालको गौरव मूल इतिहासको संक्षिप्त खोजवीन र चर्चा छ । उपत्यका बाहिरका धेरै समावेश छन् । ब्रह्मज्ञान, तत्वज्ञान, शास्त्र र धर्मका बारे पनि केही थुङ्गा पुष्पार्पण भएको छ । वेद र ॐ, स्वस्तिक, भगवत् गीता, अवधूत गीता, विवेकचूडामणि, अध्यात्म रामायण र भतृहरिको वैराग्य शतकमा प्रवेश चञ्चु छ । पुरुषोत्तम मास, मच्छेगाउँ, नृसिँहधाम, बुद्धज्ञान र शँकराचार्य बारे प्रवेशको प्रयास छ । नित्यपूजामा गणेश स्मरणको रहस्य, ईश्वर खोज्दा प्राप्तिको कठिनाइ, धर्मकै अर्थ, प्रकार, लक्षण, १६ संस्कार, संस्कृतिमा नामकरणदेखि बिबाहसम्मको चर्चा छ ।
नेपालमा प्राचीन ४ धाम र प्रसिद्ध शक्ति पीठहरु छन् । पशुपति, वाग्मती गोकर्ण, गुह्येश्वरीदेखि काठमाडौँका केही र ललितपुरका केही शक्तिपीठहरुको चर्चा छ । गोसाँइकुण्डदेखि रुरुक्षेत्र, मुक्तिनाथ, कालिगण्डकी, रुरुक्षेत्र, देवघाटदेखि त्रिवेणी र जनकपुर, दोलखादेखि पूर्व बाराहक्षेत्रसम्म पुग्ने प्रयास गरिएको छ यसमा । देश धर्म, ज्ञान र अध्यात्म भूमि हो, यस अर्थमा विश्वकै गुरु राष्टृ हो । विज्ञान, भौतिक सुख आबश्यक छ, तर अध्यात्म बिनाको विज्ञान लङ्गडो हुने कुरो त संसारमा भएका युद्धका बाछिटाले देखाएका छन् । देशमा शान्ति भयो भने हातहतियारमा राज्यले ज्यादा खर्च गर्नु नपर्ने र राष्टृ धन अन्य मानव विकासमा प्रयोग हुन सक्छ । यहाँका देवस्थलीहरुले प्रसस्त आन्तरिक र वाह्य पर्यटनको अभिवृद्धि गराउन सक्छन् । वेद, पुराण तमाम शास्त्रका रचयिता वेद व्यासको भूमि, महान तत्वज्ञानी ऋषि, तपस्वीहरुले साधना गरेको हाम्रो भूमि यहाँ जे छ, संसारमा छैन । बीउ भूमि, धर्मको उज्यालो किरणले नै व्यक्ति, समाज, समुदाय, राष्टृ र समग्रमा संसारलाई नै सभ्य बनाउने हो । संस्कृति, संस्कार हाम्रो सभ्यता हो र विदेशीहरु यहाँका यी कुरा हेर्न, देख्न, बुभ्mन आउने हुन् । अतः जीवनभरि आम सञ्चारबाट पंक्तिकारले पस्किरहेका विषयहरु यिनै हुन् । यिनलाई लिपिबद्ध गर्ने प्रयास भएको हो । अन्य पुस्तकहरुमा अन्य क्षेत्रबारे विस्तृत चर्चा छ, यसमा सबै अटेन । आशा छ सबैलाई यो पठनीय हुनेछ । आम शोधकर्ताहरुलाई उपयोगी हुनेछ, त्रुटि देखिएका विष्ययमा विज्ञ जनले सुझाव दिनु हुनेछ । सन्दर्भ सामग्रीहरु यसप्रकार रहेका छन् ।
गीता प्रेस, गोरखपुरबाट प्रकाशित निम्न ग्रन्थहरुः
श्रीमद्भागवतमहापुराण, पद्यपुराण, लिङ्ग पुराण, श्रीमद्भगवत्गीता, स्कन्दपुराण, शिवपुराण, वाराहपुराण, मार्कण्डेयपुराण, देवीभागवत, विष्णुपुराण अध्यात्म रामायण, ब्रह्मवैवर्तपुराण, वृहत्स्तोत्ररत्नाकर, संक्षिप्त महाभारत भाग १ र २, मत्स्य पुराण, कूर्म पुराण, ब्रह्माण्ड पुराण, ब्रह्मवैवर्त पुराणहरु ।,
नेपालको ऐतिहासिक रूपरेखा, सूचना तथा प्रसारण विभागबाट प्रकाशित नेपाल परिचय, २०८२ र नेपाल संयुक्ताँक ०८३, असौज, पुस, डा. गोविन्द टण्डनलिखित – पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन भाग १ र २,. डा. माधव भटृराईको शिवगीता, पुण्यानुवाद, शिवपुरी बाबाको स्वधर्म, खप्तड बाबाको धर्म विज्ञान, भानुभक्तको रामायण, मुकुन्दशर्मा चालिसेको महाभारत चम्पू काव्य, भुवनहरि सिग्देलको – विभुमहाकाव्य, मुकुन्द उपाध्यायको प्रणव रसमाधुर्य, पं.चित्रप्रसाद सुवेदीको शिव स्वस्थानी एव पशुपतिमाहात्म्य,
गोरखापत्र, मधुपर्क, राजधानी, समाचारपत्र,न्यूज २४ आदि राष्ट्रिय दैनिक, मासिक पत्रिकाहरू, अनन्तधारा पत्रिका सानेपाका विभिन्न श्रृँखलाहरु, सान न्यूज च्यानलका लेखकका स्तम्भहरु, बौद्ध सन्चार तथा अन्य युट्यूव च्यानलहरु, भाषावंशावली,
लेखकका पुस्तकहरुः जीवन चक्र भाग १ र २, अध्यात्म चिन्तन र मानव शरीर भाग १ र २, वास्तु शास्त्र र केही चाड पर्वहरु भाग १ र २, नेपालका ४ धाम र प्रसिद्ध मठ मन्दिरहरु, सम्झनाका क्षणहरू यात्रा वृत्तान्त भाग १ देखि १२ सम्म, नेपालका चौसट्ठी ज्योतिलिङ्गहरु ०८२, सम्वन्धित मठ, मन्दिरहरू संवद्ध व्यक्तिहरूसंग लेखकको भेटघाट, नेपाल टेलिभिजन, रेडियो नेपाल तथा सार्वजनिक समारोहहरूमा लेखकबाट भएका कथाप्रवचनको बुँदा टिपोट ।
लेखकलाई अभिनन्दन÷सम्मान÷कदर गर्ने संघ÷संस्थाहरू
नेपाल महिला तथा बाल सेवा समाज, पशुपतिक्षेत्र नागरिक समाज, श्रीकृष्णमन्दिर संरक्षण समिति सुन्ताखान, भूवनेश्वरीमन्दिर, रानीबुँ टोलसुधारसमिति, ल पु, जितपुर उ मा.वि, संगीतशीला प्रतिष्ठान, थसिखेल नागरिक समाज, बगलामुखी कुंम्भेश्वर मन्दिर भजनसमूह, मूलपानी नागरिक समाज, श्रीकृष्ण ज्योतिसंजीवनी तुलसीसेवा समिति, राष्ट्रिय ज्योतिषविज्ञान सेवा समिति, विश्व हिन्दु युवा संघ, विश्व हिन्दु महासघ, गोर्खासेवा समाज, भट्टेडाडा नागरिकसमाज, घुसेल नागरिकसमाज, नक्साल भगवती सामुदायिक सदन, उमाकुण्ड आश्रम समूह, पूर्णिमाव्रतसेवा समिति, दक्षिणएशियालीज्योतिष सम्मेलन, जयवागेश्वरीमन्दिर भजनसमूह, पशुपति दैनिक शुभ भजनसमूह, भद्रकालीमन्दिर भजनसमूह, चन्द्रविनायकमन्दिर भजनसमूह, ब्रह्मकुमारीराजयोगसेवा, नेपाल सरकार गृह मं प्रहरी प्रधान कार्यालय, कृषि विकास म, पूर्व कर्मचारी सेवा परिषद ल पु,महालक्ष्मी महिला समूह, गङ्गेश्वर शिव पाञ्चायन मन्दिर, हिन्दु राष्टृ पुनः स्थापना मञ्च, बौद्धनाथ क्षेत्र विकास सािमति, भैरव स्मृति पुस्तकालय, शब्दयात्रा प्रकाशन, काभ्रे, नयाँ बस्ती युवा क्लव, नोवेल साहित्य संस्था, मानव पुस्तकालय, आशापुरेश्वर मन्दिर, रामजानकी मन्दिर, अनन्तधाराधाम, सामूहिक सरोकार समाज, शल्यक्रिया सी थ्री, क्यालेण्डरमा साहित्यकार ०८३, शब्द सरोवर आदि
र अन्त्यमा आध्यात्मि जागरण समूह, समितिको संयोजकका रुपमा काम गरिरहेकाले यहाँहरुको थप सुझाव, सहयोगको अपेक्षा पनि गरिएको छ ।