बाढीपीडितका लागि कांग्रेसले एक करोड दिने, उद्धारमा तीव्रता दिन माग

नेपाली कांग्रेसले बाढी तथा पहिरो प्रभावितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले उद्धार र राहतलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

कांग्रेसले विशेषगरी सुरुङमा फसेकाहरूको उद्धार तत्काल तीव्र पार्न र आवश्यक परे अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन आग्रह गरेको छ। राहत वास्तविक पीडितसम्म छिटो पुर्‍याउन स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने कांग्रेसको भनाइ छ।

साथै, पर्यटन तथा व्यवसायका क्रममा रसुवा र नुवाकोट पुगेका अन्य जिल्लाका नागरिकसमेत प्रभावित भएकाले उनीहरूको खोजी र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ।