भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्चालनमा आएका छन् । मुख्य सडक सञ्चालनमा आइनसकेको अवस्थामा सरकारले ती वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरुले ती मार्गहरु प्रयोग गर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हाल रसुवार धादिङ जोड्ने वैकल्पिक मागहरू सार्वजनिक गरेको छ । जसअनुसार रसुवा जानका लागि नुवाकोटको विदुर-ढिकुरे-चौघडा-आप्र-नर्जा-लच्याङ-सरमर्थाले-पाटीखर्क- हुँदै बोगटीटार (पासाङ ल्याह्मु मार्ग रसुवा)-कालिकास्थान-धुन्चे पुग्न सकिनेछ । यो सडकमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा आएका छन् ।
धादिङमा भने अहिले वैकल्पिक मार्ग पनि अवरुद्ध भएको छ । धादिङवेशी परेवाटार-नेपालटार-गजुरीटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) पृथ्वी राजमार्ग सञ्चालनमा आएकोमा परेवाटारमा सडक भासिएको छ । अहिले सडक दुईतर्फी बन्द भएको छ । यसको वैकल्पिक मार्ग तय भइसकेको छैन ।



















