आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने

आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका छन् । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दैछ ।

दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका हुन् । विपद्पछिको अवस्थामा सरकारसँगै काम गर्ने गरी सर्वदलीय संयन्त्र बनाउने निर्णय ११ भदौमा भएको थियो ।