नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर दुई धारबीच मतभेद देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन गर्ने तयारीसहित नयाँ कार्यतालिका प्रस्ताव गरेको छ। शशांक कोइरालाको अध्यक्षतामा चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने उल्लेख छ।
यता, गगन थापा नेतृत्वको कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यससँगै कांग्रेसभित्र महाधिवेशनको मिति र संगठनात्मक प्रक्रियालाई लिएर दुई पक्षबीचको विवाद थप स्पष्ट भएको छ।


















