चीनले सहयोग स्वरूप उपलब्ध गराएको ४ ठूला ड्रोन रसुवा पठाइँदै

चीन सरकारले विपद् तथा उद्धार कार्यका लागि नेपाललाई सहयोग स्वरूप उपलब्ध गराएका ४ वटा ठूला क्षमताका ड्रोनहरूको सफल परीक्षण गरिएको छ ।

प्रत्येक ड्रोनको भारवहन क्षमता ८० किलोग्रामसम्म रहेको छ । यी उच्च क्षमताका अत्याधुनिक ड्रोनहरूलाई तत्काल उद्धार तथा राहत कार्यमा परिचालन गर्नका लागि आजै रसुवातर्फ पठाउन लागिएको छ ।