रसुवास्थित २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको आशंका गरिएको छ । उनीहरूको उद्धारका लागि आयोजनाका सीईओ बाबुराजा महर्जनसहितको टोली खटिएको छ।
रास्वपा सांसद एवं सुरुङविद् श्रीराम न्यौपानेले पनि ६ जना सुरुङभित्र फसेको सूचना प्राप्त भएको जनाउँदै उद्धारका लागि घटनास्थलतर्फ गएको बताएका छन्। पछिल्लो विवरणअनुसार चिलिमे सुरुङबाट यसअघि दुई जनाको शव निकालिएको थियो।

















