रास्वपाका सांसद तथा इन्जिनियर श्रीराम न्यौपाने फेरि सुरुङ उद्धारको लागि रसुवा हिँडेका छन् । पार्टीको निर्देशनपछि उनीसहित अर्का सांसद तथा इन्जिनियर सागर ढकाल केही दिनअघि काठमाडौं फर्किएका थिए ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएपछि उद्धार कार्यमा सहभागी हुन सांसद न्यौपाने आइतबार रसुवा हिँडेका हुन् । ‘चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ । उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु,’ सांसद न्यौपानले सामाजिक सञ्जालमा लखेका छन् ।


















