फैसला कार्यान्वयन न्यून हुनु स्वाभाविक होइन : मन्त्री गौतम

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले फैसला कार्यान्वयन न्यून दरमा हुनु स्वाभाविक विषय नभएको बताएकी छन् । बिहीबार संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् ।

‘अदालतबाट फैसला पनि भयो तर त्यसको कार्यान्वयन निकै न्यून दरमा हुनु स्वाभाविक विषय होइन’, मन्त्री गौतमले भनिन्, ‘यसमा गम्भीर भएर सोच्नैपर्छ ।’ उनले फैसला कार्यान्वयन र कार्यान्वयनमा भएको ज्ञान कमी गर्न काम गर्न जरुरी रहेको बताइन् ।