शिक्षामन्त्री अस्वस्थ, संसदीय समिति बैठक स्थगित

शिक्षामन्त्री सस्मित पोखरेल अस्वस्थ भएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबार बिहानको बैठक स्थगित भएको छ । सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि मन्त्री अस्वस्थ रहेको जानकारीपछि बैठक रोकिएको हो।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणबारे शिक्षा तथा खेलकुद मन्त्रालयका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो।