साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।


















