राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को नयाँ भवनमा क्यान्टिनको व्यवस्था गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सोल्टी होटेलकै अस्थायी क्यान्टिन चलाए पनि हुने बताए । तर, केही महँगो भएको बताए ।
‘उहाँलाई नै दिए हुन्छ । तर, रेट कम्प्रमाइजको कुरा र सस्तो आइटमको पनि केही गर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने । उनले सांसदको तलबले घरभाडा तिर्ने कि बसभाडा तिर्ने हुने गरेको बताए । उनले बाहिर खाजा खान जान नपाइएको भन्दै हिजो भोकै बस्नुपरेको सुनाए ।
‘क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी छ । नत्र सचेतकज्यूले कतिखेर कहाँ हो भनि हाल्नुहुन्छ । बाहिर जाउँ पनि भएन, भोकभोकै बस्नुपर्ने अवस्था आयो हिजो,’ उनले भने ।


















