जय नेपाल पार्टीमा ८ जना केन्द्रीय सदस्य मनोनीत

जय नेपाल पार्टीले ८ जनालाई केन्द्रीय कार्यसमितिमा सदस्यमा मनोनीत गरेको छ । सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विधान बमोजिम ८ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरिएको जानकारी दिए।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा खगेस रन्जितकार (काठमाडौँ), लोकेन्द्र बहादुर शाह (अछाम), प्रवल नरसिंह राणा, (काठमाडौँ),वैकुण्ठ प्रसाद भण्डारी(काठमाडौँ), विष्णु रिजाल (सुनसरी) रहेका छन्।

त्यस्तै राजेश कुमार पुरी, (प्रवास : इटली), रमेश सिंह (बझाङ) र अमर बहादुर बुढा (जाजरकोट) लाई पनि केन्द्रीय सदस्यमा मनाेनीत गरिएकाे सचिवालय प्रमुख लावतीले बताए।

j