काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ। उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा समेत पानीको बहाव उच्च भएको छ ।
लगातार वर्षा भइरहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।


















