पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

 

 

काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उनले बताए ।

बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो ।

गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो । अहिले बाटो एकतर्फी सञ्चालनमा आएको हो ।