इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँगको वार्तामाथि अब विश्वास नरहेको बताएका छन् । वार्ताका अघिल्ला चरणपछि पनि इरानमाथि आक्रमण र प्रतिबन्ध जारी रहेकाले अमेरिकी पक्षप्रति विश्वास गर्ने आधार नरहेको उनले अलजजिरालाई बताएका हुन् ।
‘हामीलाई अमेरिकी पक्षप्रति कुनै विश्वास छैन र उनीहरूसँग कुन आधारमा समझदारी हुनसक्छ भन्ने हामीलाई थाहा छैन,’उनले अन्तर्वार्तामा भनेका छन् ।
युद्ध अन्त्यका निम्ति इरानले पेस गरेको पछिल्लो प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।
पेजेस्कियान र इरानी विदेशमन्त्री अब्बास अराघची संयुक्त राष्ट्रसंघीय महासभाका निम्ति यसै साता अमेरिका पुगेका थिए । उनीहरूले अमेरिका–इजरायलसँगको युद्ध अन्त्य गर्ने र सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव गरेका थिए


















