चोलेन्द्र प्रकरणमा एमाले:ऐन महरले भने :सरकारले ‘गुण्डागर्दी र अपहरण शैली’अपनायो

नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउलाई लिएर सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले कानुनी शासन र विधिको शासनको उल्लंघन गरेको आरोप लगाए । उनले जबरालाई ‘गुण्डागर्दी तथा अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै यसले राज्य आतंकको अवस्था सिर्जना गरेको आरोप लगाए।

उनले भने,‘कोही व्यक्तिले कानुन हातमा लिने वा कानुन मिच्ने काम गरेको छ भने, जोसुकै भए पनि उसमाथि अभियोग लगाई तथ्य र प्रमाणका आधारमा पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्छ। यसमा हामी सहमत छौँ। तर, सरकारले पटक–पटक पूर्वाग्रह र प्रतिशोधका आधारमा तथा आफ्नो विरोध गरेका कारण व्यक्तिहरूलाई तर्साउने, धम्काउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ। यो कानुनी राज्य र विधिको शासनको बर्खिलापमा छ।’