साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी १४५ रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य तोलामा ४ हजार ३९५ रुपैयाँ कायम भएको छ ।


















