विपद्लाई ‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन : सांसद खरेल

पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन्।प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताएका हुन् ।

सदनमा बोल्दै खरेलले भने, ‘विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ।’ पटक-पटक भन्दै आए पनि यसलाई दैवी प्रकोपको बिल्ला भिराएर जिम्मेवारीबाट पन्छिन नमिल्ने तर्क उनले गरे।