तीन उपसभापति भए आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या बढाउने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे जानकारी सार्वजनिक भएको हो।

आङ्देम्बे निकट स्रोतका अनुसार विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाइए उनी सोही पदमा उम्मेदवार बन्नेछन्। यसअघि कांग्रेसका सहमहामन्त्री रहेका आङ्देम्बे हाल पार्टीको संसदीय दलका नेता छन्।